• Menu

नेप्से १५ अंकले बढ्यो, कारोबार साढे ५ अर्ब नाघ्यो

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १५:२५

नेप्से १५ अंकले बढ्यो, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार १५.३९ अंकले बढेको छ । उक्त वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन नेप्से २.२६ अंकले बढेको थियो ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

सबैभन्दा धेरै बैंकिङ समूह आज १.२४ प्रतिशतले बढेको छ ।

त्यस्तै,  विकास बैंक समूह १.०४, वित्त ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत ०.४६, लगानी ०.३०, जीवन बिमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बिमा ०.२६ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन् । लघुवित्त ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि देखिएको छ । यस समूहका कम्पनीको १ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ भने बैंकिङ समूहको १ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपालको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१, हिमालयन डिस्टिलरीको २.७९ र श्वेतगंगा हाइड्रोको २.७८ प्रतिशतले मूल्य बढेको छ ।

यता मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावरको ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशतले मूल्य घटेको छ ।