काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर (४ अर्ब ७४ करोड नेपाली रुपैयाँ) प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति करिब एक करोड डलर प्रदान गर्ने योजना रहेको बताएका हुन् । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।