• Menu

यामाहा नेपालको दशैं अफर ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सार्वजनिक, १० लाखसम्म जित्ने मौका

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार १७:२०

यामाहा नेपालको दशैं अफर ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सार्वजनिक, १० लाखसम्म जित्ने मौका

काठमाडौं । यामाहा नेपालले दशैंलाई लक्षित गर्दै नयाँ फेस्टिभ अभियान सार्वजनिक गरेको छ। कम्पनीले ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक अभियानमार्फत ग्राहकलाई यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद र अपग्रेडका लागि आकर्षक अफर ल्याएको हो।

सेप्टेम्बर १५ देखि सुरु भएको अभियानमा सहभागी ग्राहकले QR कोड स्क्यान गरी रजिस्ट्रेसन गरेपछि १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। खरिद गरिएको सवारीसाधनको भेरिफिकेसन पूरा गरेपछि भने १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिनेछ।

अभियानमा सहभागी हुने ग्राहकका लागि हरेक साता विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत राखिएको छ। यस्तै, अभियानको ग्रान्ड प्राइजअन्तर्गत एक भाग्यशाली विजेताले नयाँ यामाहा R15 मोटरसाइकल प्राप्त गर्नेछन्।

दशैंको खरिदलाई सहज बनाउन कम्पनीले स्पट एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ। यसअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन तत्कालै एक्सचेन्ज गर्न सक्नेछन्। त्यस्तै, MAW हायर पर्चेजमार्फत सहज फाइनान्सको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यामाहाले ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि निरन्तरता दिएको छ। यस योजनाअन्तर्गत आवश्यक नागरिकताको कागजात बुझाएर सवारीसाधन घर लैजान सकिनेछ।

कम्पनीका अनुसार अभियानमा यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल तथा स्कुटरसहित सम्पूर्ण मोडल रेन्ज समावेश गरिएको छ। ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न मोडलमध्ये छनोट गर्न सक्नेछन्।

यसैबीच, यामाहाले अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने जनाएको छ। यससँगै कम्पनीले दशैंको उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको बताएको छ।

‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका लागि हाल रजिस्ट्रेसन खुला रहेको यामाहा नेपालले जनाएको छ। अभियानमा कम्पनीले तोकेका नियम तथा सर्तहरू लागू हुनेछन्।