
काठमाडौं । सरकारले विपदग्रस्त क्षेत्रबाट ४०४ जनाको उद्धार भएको जनाएको छ । गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार भोटेकोशीमा आएको बाढीमा परेका देशी-विदेशी ४०४ जनाको उद्धार भएको हो ।
तिब्बतबाट बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal