• Menu

बाढी प्रभावित क्षेत्रमा १२ हेलिकप्टर परिचालन, १२ जनाको उद्धार

नेपाल प्रफिट

२०८३ भदौ १०, बुधबार १३:१२

बाढी प्रभावित क्षेत्रमा १२ हेलिकप्टर परिचालन, १२ जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।

नेपाली सेनाका अनुसार सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो ।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।