• Menu

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सीआईबीले थाल्यो अनुसन्धान

नेपाल प्रफिट

२०८१ भदौ ३०, १६:११

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

‘उक्त संस्थामा रकम अपचलन भएको विषयमा उजुरी परेपछि हामीले अहिले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा साउनमा उजुरी दर्ता गरेको जनाइएको छ ।

ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पत्नि हुन् ।