• Menu

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार ११:१५

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।