• Menu

सेयर बजार ११.७७ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १५:५८

सेयर बजार ११.७७ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ११.७७ अंकले बढेको छ । यससँगै नेप्से २६२९ अंकमा उक्लिएको हो  ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । उक्त समूहको सूचक १.८३ प्रतिशतले बढेको छ । नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टको सेयर मूल्य बढ्दा समूहगत सूचकमा वृद्धि भएको हो ।

निर्जीवन बिमा समूहबाहेक सबै समूहगत सूचक बढेका छन् । निर्जीवन बिमा समूह ०.३३ प्रतिशतले घट्दा बैंकिङ ०.४६, विकास बैंक ०.०१, वित्त ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत ०.१३, लगानी ०.०८, जीवन बिमा ०.७०, लघुवित्त ०.६१, अन्य ०.०४ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन् ।

आज नेपाल ल्युब आयलको सेयर मूल्य १२.४७ प्रतिशत, सोनापुर मिनरल्सको ७.६५ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशत, सीवाईसी लघुवित्तको ६.४७ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ४.६७ प्रतिशत, पाल्पा सिमेन्टको ३.६० प्रतिशत र त्रिशूली जलविद्युत्को ३.०४ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ प्रतिशत र धौलागिरि लघुवित्तको १०.९८ प्रतिशतले घटेको छ । त्यस्तै, हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य ३.४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स, नबिल बैंकको संस्थापक सेयर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन् ।