काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर-खेल्ने हो?’ अभियान सार्वजनिक गरेको छ।
अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. १ लाखसम्मको पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। त्यस्तै स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहारसमेत जित्न सकिने जनाइएको छ।
अभियानमा रविन्द्र ढाँट, सीआर७ होराआ अर्थात् सञ्जन गौतम र दीपेन्द्रसिंह ऐरीसँग भेट्ने अवसरसमेत समेटिएको छ। अभियानबाट छनोट भएका विजेताले ती खेलाडी तथा च्याम्पियनसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन्।
कम्पनीले युवालाई लक्षित गर्दै ‘पल्सर रेसिङ गेम’ पनि अभियानमा समावेश गरेको छ। सहभागीले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन्। कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी-सर्ट, च्याम्पियनका सामग्री र बजाजका विशेष उपहार पाउने कम्पनीले जनाएको छ।
त्यस्तै ‘शो योर पावर’ चुनौतीमार्फत राइडर तथा मोटरसाइकलप्रेमीले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्नेछन्। यसबाट छनोट भएका विजेताले पनि च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन्।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले दशैंको अवसरमा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले अभियान ल्याइएको बताए।
उनका अनुसार अभियानमा पुरस्कार, डिजिटल रेस तथा च्याम्पियनसँगको भेटजस्ता गतिविधि समावेश गरिएका छन्। यसले ग्राहकलाई अभियानमा सहभागी हुँदै आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिने उनको भनाइ छ।
कम्पनीले ‘गेम अफ पावर’ अभियानमार्फत दशैंको अवसरमा मोटरसाइकल खरिदसँगै विभिन्न प्रतिस्पर्धा, पुरस्कार र मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर उपलब्ध गराएको जनाएको छ।