• Menu

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाऊ : सभापति लामिछाने

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार १६:५१

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाऊ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनवटै पक्षबीच समन्वय र सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले भने, ‘पार्टी सभापतिज्यूले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यी तीनवटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ।’

बैठकमा लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा पनि निर्देशनात्मक धारणा राखेको प्रवक्ता खरेलले बताए ।