• Menu

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार १७:२६

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।

नेपालले आइतबार क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३-० को सोझो सेटमा जीत निकालेको हो । नेपालले पहिलो सेट २५-२०, दोस्रो सेट २५-१६ तथा तेस्रो सेट २५-२० अंकले जितेको हो ।

नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय व्यहोरेको थियो । नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग ३-० सोझो सेटमा पराजित भएको थियो ।