• Menu

बाढीपीडितका लागि नाडाद्वारा नुवाकोट र रसुवामा राहत सामग्री हस्तान्तरण, प्रधानमन्त्री कोषमा १० लाख सहयोग

नेपाल प्रफिट

२०८३ असोज ४, आइतबार १२:५८

बाढीपीडितका लागि नाडाद्वारा नुवाकोट र रसुवामा राहत सामग्री हस्तान्तरण, प्रधानमन्त्री कोषमा १० लाख सहयोग

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले नुवाकोटको तिमुरे तथा रसुवा क्षेत्रमा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ।

नाडाले भदौ १० गते नुवाकोट, तिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि उपलब्ध गराएका विभिन्न राहत सामग्री भदौ ३ गते नुवाकोट जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निर्मला पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहत सामग्री हस्तान्तरण गरेको हो।

यसैगरी, भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको नाडाले जनाएको छ।

नाडाले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने नाडाको भनाइ छ।