• Menu

गुराँस लघुवित्तले १० प्रतिशत लाभांश दिने

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार १२:३०

गुराँस लघुवित्तले १० प्रतिशत लाभांश दिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।