• Menu

विश्वकर्मा पूजाको अवसरमा सिप्रदी ट्रेडिङद्वारा एकै दिन नेपालभर १५० टाटा गाडी हस्तान्तरण

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार ११:३६

विश्वकर्मा पूजाको अवसरमा सिप्रदी ट्रेडिङद्वारा एकै दिन नेपालभर १५० टाटा गाडी हस्तान्तरण

काठमाडौं ।  विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।

नयाँ सवारीसाधन खरिद तथा पूजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय विश्वकर्मा पूजालाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ वटा शाखामार्फत ग्राहकलाई उक्त संख्यामा गाडी हस्तान्तरण गरेको जनाएको छ।

विश्वकर्मा पूजाको दिन हस्तान्तरण गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो विद्युतीय, नयाँ पञ्च विद्युतीय, नेक्सन विद्युतीय र कर्भ विद्युतीयलगायतका सवारीसाधन रहेका छन्। यससँगै विभिन्न पेट्रोल तथा डिजेलबाट चल्ने मोडलहरू पनि ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

यीमध्ये अधिकांश गाडी यस वर्ष आयोजना भएका नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, प्रदर्शित तथा बुकिङ गरिएका सवारीसाधन रहेको सिप्रदी ट्रेडिङले जनाएको छ। प्रदर्शनी तथा बुकिङका क्रममा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि प्रक्रिया पूरा भएका गाडी विश्वकर्मा पूजाको शुभ अवसर पारेर हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका विद्युतीय मोडलको हस्तान्तरणले बजारमा थप उत्साह सिर्जना गरेको कम्पनीले जनाएको छ। विशेषगरी नयाँ टियागो विद्युतीय, नयाँ पञ्च विद्युतीय, नेक्सन विद्युतीय र कर्भ विद्युतीयप्रति ग्राहकको आकर्षण बढिरहेको सिप्रदी ट्रेडिङको दाबी छ।

विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन नेपालभर ठूलो संख्यामा टाटा गाडी हस्तान्तरण हुनुलाई नेपाली बजारमा टाटा मोटर्सप्रतिको ग्राहकको निरन्तर विश्वास र रुचिको संकेतका रूपमा कम्पनीले लिएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै आधुनिक प्रविधि, सुरक्षा, सुविधा तथा विभिन्न आवश्यकताअनुसारका सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको दिन नयाँ गाडी घर भित्र्याउने परम्पराले हस्तान्तरण कार्यक्रमलाई थप विशेष बनाएको कम्पनीको भनाइ छ। ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै टाटा मोटर्सका नयाँ मोडलहरू नेपाली बजारमा निरन्तर प्रस्तुत गर्दै जाने सिप्रदी ट्रेडिङले जनाएको छ।