
काठमाडौं । तिब्बतबाट अचानक आएको बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति पुगेको छ । अर्थ मन्त्रालयले भन्सारका कर्मचारीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।
कर्मचारीहरु फोन र सामानहरु छाडेर सुरक्षित स्थानतर्फ भागेका छन् । जसका कारण पनि सबै विवरण संकलन हुन नसकिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दी छ । जसमध्ये २ जना बिदामा छन् । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal