
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो सो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्कसहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको हो । यो विशेष योजना भदौ ९ देखि १४ सम्म आयोजना भइरहेको अटो प्रदर्शनी अवधिमा बुकिङ गरिएका सवारी साधनका लागि लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन अनुरोध गरिएको छ । यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरी आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal