• Menu

पूर्वी नाकाबाट एक वर्षमा करिब १० करोडको सागसब्जी निर्यात, भारत, बंगलादेश र अमेरिकासम्म पुग्यो नेपाली उपज

नेपाल प्रफिट

२०८३ भदौ ५, शुक्रबार १४:३४

पूर्वी नाकाबाट एक वर्षमा करिब १० करोडको सागसब्जी निर्यात, भारत, बंगलादेश र अमेरिकासम्म पुग्यो नेपाली उपज

झापा । भारत, बंगलादेश र अमेरिकामा गरी एक वर्षमा ९ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाटबाट उक्त सागसब्जी निर्यात गरेको जनाएको हो । आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ५१९ मेट्रिक टन बन्दागाभी, सिमी र हरियो खुर्सानी निर्यात भएको हो ।

बन्दागोभी ६ हजार २०१ मेट्रिक टन भारत निर्यात हुँदा नौ करोड ४७ लाख ६२ हजार विदेशी मुद्रा प्राप्त भएको छ ।

यसैगरी, हरियो खुर्सानी एक लाख ७६ हजारको र टमाटर एक लाख १७ हजारको बंगलादेश निर्यात भएको हो ।

सोही अवधिमा २६० मेट्रिक टन सिमी अमेरिका निर्यात हुँदा पाँच लाख ९९ हजार रकम नेपाललाई प्राप्त भएको छ ।