
धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुझावहरु संकलन भइरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट सुझावहरु नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरीरहेको मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि सातै प्रदेशमा आएका सुझावहरु संकलन भइरहेको बताए । उनले सात दिन अगाडि कोशी प्रदेशबाट सुरु गरीएको शिक्षा संवाद कार्यक्रम मधेस प्रदेश, बागमती प्रदेश, लुम्बनी प्रदेश र कर्णाली प्रदेशमा आयोजना भएको बताए ।
मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal