
काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.७९ अंक बढेर २६४१.८५ अंकमा कायम भएको छ।
अघिल्लो दिन ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, २० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। बजारका सबै समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ।
समूहतर्फ बैंकिङ ०.३२, होटल तथा पर्यटन ०.५०, जलविद्युत ०.०५, लगानी ०.०७, जीवन बिमा ०.०९ र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन् ।
त्यस्तै, विकास बैंक ०.१०, वित्त ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त ०.३६, निर्जीवन बिमा ०.४० र व्यापार समूह ०.७७ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा जलविद्युत समूह अगाडि रहेको छ । उक्त समूहमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंकतर्फ ३४ करोड, उत्पादन तथा प्रशोधनतर्फ ३५ करोड र लघुवित्ततर्फ २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार अपर लोहोरेखोला जलविद्युतको सेयर मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै, हिमस्टार ऊर्जा ३.७४ प्रतिशत र अपर हेवा खोला ३.६० प्रतिशतले बढेका छन्।
यता, महिला लघुवित्तको सेयर मूल्य १४.९१ प्रतिशत घटेको छ । सप्तकोशी विकास बैंक ३.९५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्स ३.५५ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स अगाडि रहेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal