
काठमाडौं । पल्सर मोटरसाइकलको २५ वर्ष पूरा भएको अवसरमा बजाजले ‘मेरो पल्सर कथा’ नामक विश्वव्यापी अभियान सुरु गरेको छ। अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर प्रयोगकर्तालाई आफ्ना अनुभव र प्रेरणादायी यात्रा साझा गर्न आह्वान गरिएको छ।
पल्सर नेपालका अनुसार नेपाली राइडरहरूले पनि यस अभियानमार्फत आफ्ना कथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै विश्वभरका पल्सर समुदायसँग जोडिने अवसर पाउनेछन्।
सहभागीहरूले भिडियो, तस्बिर, सङ्गीत, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट तयार गरिएको सामग्री वा अन्य सिर्जनात्मक माध्यममार्फत जुनसुकै भाषामा आफ्नो अनुभव प्रस्तुत गर्न सक्नेछन्। अभियानमा मौलिक र वास्तविक अनुभवलाई प्राथमिकता दिइने जनाइएको छ।
छनोट भएका उत्कृष्ट सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्। अभियानअन्तर्गत हरेक हप्ता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली विजेताले पल्सर एनएस ४०० जेड मोटरसाइकल जित्ने अवसर पाउनेछन्।
अभियान २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ। सहभागी हुन पल्सरसँग जोडिएको अनुभव सामाजिक सञ्जालमा #MyPulsarStory प्रयोग गरी साझा गर्नुपर्नेछ। साथै, @mypulsarofficial र @pulsarnepal लाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बजाजले यो अभियान पल्सरको २५ वर्षे यात्रा मात्र नभई यस यात्रामा साथ दिएका राइडरहरूको साहस, अनुभव र योगदानलाई सम्मान गर्ने उद्देश्यले सञ्चालन गरिएको जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal