• Menu

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १६:५१

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको भन्दै त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

प्रेस चौतारी नेपालले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्ला तीन दशकमा नेपालले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रसँगै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी निर्वाचन प्रणालीजस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै ती उपलब्धिको संरक्षण गर्नुपर्ने बताए।

उनले अब देशलाई आर्थिक विकासको मार्गमा तीव्र रूपमा अघि बढाउनु आवश्यक रहेको धारणा राख्दै वर्तमान सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धता ले जनतामा नयाँ आशा जगाएको बताए ।

महासचिव पोखरेलले बदलिँदो समयसँगै सरकार र राजनीतिक दलहरूले नयाँ पुस्ताको अपेक्षाअनुसार आफूलाई निरन्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । ‘हामी पनि आफ्नो पार्टीलाई सुधार गर्दै अघि बढ्नेछौँ,’ उनले भने।