
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक बनावट, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी र खेलकुदसम्बन्धी आधुनिक सुविधासहितको नयाँ शाओमी वाच एस-५ (४६ मिलिमिटर) नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ स्मार्ट घडीमा १.४८ इन्चको एमोलेड प्रदर्शन पर्दा, ४८०×४८० पिक्सेल स्पष्टता, ३२३ पिक्सेल घनत्व तथा २५०० निट्ससम्मको उज्यालोपन रहेको छ । यसले कडा घाममा पनि स्पष्ट रूपमा सामग्री हेर्न सकिने सुविधा प्रदान गर्छ। स्टेनलेस स्टिलको फ्रेम, विभिन्न किनारा र पट्टाका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण घडी आकर्षक, हलुका र सहज रहेको कम्पनीको दाबी छ।
घडीमा ८१५ एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एकपटकको चार्जमै अधिकतम २१ दिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
स्वास्थ्य निगरानीका लागि यसमा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा तथा अन्य स्वास्थ्य सूचकहरूको निगरानी गर्ने सुधारिएका संवेदक र प्रणाली समावेश गरिएको छ। साथै, साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र निद्राको मुटुको धड्कनको भिन्नता विश्लेषण गर्ने सुविधा पनि उपलब्ध छ ।
खेलकुदप्रेमीका लागि घडीमा १५० भन्दा बढी खेल तथा व्यायाम विधा, दोहोरो आवृत्तियुक्त पाँच-प्रणाली स्थान निर्धारण सुविधा तथा साइकल यात्राका क्रममा मोबाइलसँग जोडिने वास्तविक समयको विवरण हेर्न सकिने सुविधा रहेको छ ।
यसमा रहेको नयाँ प्यासन मोड ले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता गतिविधि पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी तथा उत्साहसम्बन्धी विवरण अभिलेख राख्न सक्छ ।
घडीमा ब्लुटुथ ५.४, एनएफसी तथा ५ एटिएमसम्मको पानी प्रतिरोधी क्षमता पनि रहेको छ। आधुनिक जीवनशैली, स्वास्थ्य निगरानी र सक्रिय खेलकुद गतिविधिका लागि यो स्मार्ट घडी उपयुक्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार शाओमी वाच एस-५ (४६ मिलिमिटर) को नेपाली बजार मूल्य ३९ हजार ९९९ निर्धारण गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal