• Menu

मर्दी हिमाल हाइक्याम्पबाट फर्कँदा तीन पर्यटक सम्पर्कविहीन

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १७:३५

मर्दी हिमाल हाइक्याम्पबाट फर्कँदा तीन पर्यटक सम्पर्कविहीन

कास्की । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् ।

माछापुछ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जंगलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशंका गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।

युवकहरुको मोबाइल बन्द रहेको माछापुछ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।

‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ,’ उनले भने ।