
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित ३ जनाको शव आधार शिविरमा ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाका अनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविरमा ल्याइएको हो ।
उनले शव संकलन कार्य मिङ्मा जीको नेतृत्वमा सम्पन्न भएको जानकारी दिँदै प्रतिकूल मौसम र कठिन भू-भागका बीच उद्धार अभियान सफलतापूर्वक सम्पन्न गरेकोमा उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन्।
शेर्पाका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य तीन आरोहीको शव अझै फेला परेको छैन र खोजी कार्य जारी छ ।
गत शुक्रबार ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी ६ नेपाली र ४ विदेशी गरी १० जना आरोहीको ज्यान गएको थियो। उद्धार तथा खोजी अभियान अझै जारी रहेको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal