• Menu

हिमालयन लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

नेपाल प्रफिट

२०८३ साउन १८, ११:२२

हिमालयन लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार १० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.१८ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८१/८२मा लघुवित्तले सात करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद नाफासँगै ब्याज आम्दानी, सञ्चालन नाफा तथा लाभांश क्षमता सुधार भएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ३७ करोड ८ लाखबाट बढेर ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १० करोड ५४ लाखबाट बढेर १५ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।

लघुवित्तको वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रतिशेयर वितरणयोग्य नाफा २७ रुपैयाँ १३ पैसा रहेको छ ।

२०८३ असारसम्म लघुवित्तको चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँ र कुल कोष २९ करोड १७ लाख २३ हजार रुपैयाँ कायम छ । निक्षेप तथा सापटी ५ अर्ब २८ करोड र कर्जा प्रवाह ४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७.८१ गुणा, खराब कर्जा ९.०४ प्रतिशत, र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ५२ पैसा कायम छ ।