• Menu

१० गुणा बढ्यो महुली लघुवित्तको नाफा

नेपाल प्रफिट

२०८३ साउन १८, ११:०७

१० गुणा बढ्यो महुली लघुवित्तको नाफा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १० गुणा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण अनुसार १९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० गुणा बढी हो । आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद नाफासँगै खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा र खराब कर्जामा पनि सुधार देखिएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ३५ करोड ५९ लाखबाट बढेर ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २ करोड २३ लाखबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

वितरणयोग्य नाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ करोड ७७ लाख रुपैयाँ थियो । प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ।

लघुवित्तको चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँ छ । निक्षेप तथा सापटी ५ अर्ब ५० करोड र कर्जा प्रवाह ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ८८ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.६६ गुणा, खराब कर्जा ९.८० प्रतिशत, र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ९१  पैसा पुगेको छ ।