काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चारदिने ब्रान्च म्यानेजर कन्फ्रेन्स चितवनमा सम्पन्न भएको छ। साउन १४ देखि १७ गतेसम्म सञ्चालन भएको सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मान र नेतृत्व विकाससम्बन्धी तालिमका कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा उत्साहजनक व्यावसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै कर्मचारी, अभिकर्ता तथा बीमितप्रति धन्यवाद व्यक्त गरे।
उनले आगामी आर्थिक वर्षका लागि तय गरिएको व्यावसायिक रणनीतिबारे जानकारी गराउँदै लक्ष्य प्राप्तिका लागि आत्मविश्वासका साथ अघि बढ्न कर्मचारीलाई आग्रह गरे ।
सम्मेलनमा कम्पनीका व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुकेटिभसहित देशभरबाट करिब २०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ तथा अन्य कर्मचारीलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
सम्मेलनमा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिँदै सहभागीहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै आगामी दिनमा थप सुधार र उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, कम्पनीका नायब महाप्रबन्धक तथा नेसनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक रणनीति प्रस्तुत गर्दै आगामी लक्ष्य हासिल गर्न सबै कर्मचारीको सक्रिय भूमिका आवश्यक रहने बताए ।