• Menu

डेढ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

नेपाल प्रफिट

२०८३ साउन १८, १६:५३

डेढ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड डेढ घण्टापछि सञ्चालनमा आएको छ । मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो दुईतर्फ अवरुद्ध सडक बनेको डेढ घण्टा लगाएर खुलाइएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो २:१० देखि अवरुद्ध भएको सडक साढे ३ बजेबाट सञ्चालनमा आएको छ । सोमबार बिहान पनि यो सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको थियो ।