
काठमाडौं । नेप्से परिसूचक आज बिहीबार १९ अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ वटै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नेप्से १९.६७ अंकले ओरालो लागेर २६०१.९२ अंकमा झरेको हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४९ अंकले घटेर ४५४.१९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक १.२१ अंकले घटेर १७८.६८ मा झरेको छ । साथै, सेन्सेटिभ फ्लोट सूचक भने ०.९२ अंकले घटेर १५३.६७ मा झरेको छ ।
आज विभिन्न कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ खरिद-बिक्री भएको छ । आज १३ वटै उपसमूह घटेका छन् । आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले आज कमाएका छन् भने विओके डिबेन्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal