• Menu

अघोषित लोडसेडिङले मोरङका उद्योगी व्यवसायी हैरान

नेपाल प्रफिट

२०८३ असार २५, १७:०७

अघोषित लोडसेडिङले मोरङका उद्योगी व्यवसायी हैरान

मोरङ । अघोषित लोडसेडिङले मोरङका उद्योगी व्यवसायी हैरान भएका छन् । मोरङ उद्योग व्यापार संघले आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरण मोरङ शाखाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि नियमित गर्न प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेको बताउँदै संघले पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष राठीले विद्युत् नियमित नहुँदा प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादनमा कच्चापदार्थ जम्न गई डढ्ने र उत्पादन पूर्ण रुपमा खेर जाने बताए । उनले विद्युत् आपूर्तिमा देखिएका समस्याले उद्योगीमा चरम निराशा पैदा गरेको जानकारी दिए ।