काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४०० र चाँदी १ सय ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार १०० सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।