• Menu

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंले दिए राजीनामा

नेपाल प्रफिट

२०८३ असार २२, १८:४०

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन् ।

चापागाईंले व्यक्तिगत कारण देखाउँदै अर्थमन्त्री डा.‍‍ स्वर्णिम वाग्लेसमक्ष सोमबार राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा आजै स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । तत्कालीन केपी शर्मा ओलीले चापागाईंलाई अनुभवको योग्यता नपुगे पनि नियुक्त गरेका थिए ।