
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबिच भेटवार्ता भएको हो।
भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे।
अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal