
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६०५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको चार हजार ४५० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal