• Menu

सुन तोलामा ७ हजार २ सयले बढ्यो

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १२:३०

सुन तोलामा ७ हजार २ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।