काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य मा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २७० कायम भएको छ ।
हिजो मंगलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।