
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुँदै आएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal