• Menu
s

सुन तोलामा ४ हजार ७ सयले बढ्यो, चाँदीको मूल्य पनि अकासियो

नेपाल प्रफिट

२०८३ असार १४, ११:०८

सुन तोलामा ४ हजार ७ सयले बढ्यो, चाँदीको मूल्य पनि अकासियो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।