
काठमाडौं । नेपालको अग्रणी विद्युतीय उपकरण ब्रान्ड सिजीले सञ्चालन गरेको ‘क्यान यू सोल्भ द पजल’ प्रतियोगिताको विजेता घोषणा गरेको छ। प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बनेका छन्।
ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा मनोरञ्जनात्मक गतिविधिमार्फत सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।
विजेता रिजाललाई ललितपुरको सानेपास्थित सिजी इलेक्ट्रोनिक्स कार्यालयमा आयोजित कार्यक्रममा सिजी ब्रान्डका बिक्री प्रबन्धक बद्रीनाथ रायले उपहारस्वरूप ‘सिजी ब्रिजर २२ एयर कुलर’ हस्तान्तरण गरेका थिए।
कम्पनीका अनुसार प्रतियोगितामा प्राप्त व्यापक सहभागिताले सिजी ब्रान्डप्रति ग्राहकहरूको विश्वास र आकर्षण थप पुष्टि गरेको छ।
‘सिजीसँग जीवनको अनुभव’ भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी दिनमा पनि ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने तथा मनोरञ्जन र उपहारमूलक यस्ता कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।
सिजीका विद्युतीय उपकरणहरू देशभर सञ्चालनमा रहेका २१ वटा सिजी डिजिटल प्रदर्शनी कक्ष तथा आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध रहेको कम्पनीको भनाइ छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal