• Menu
s

अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि बढ्यो सुनचाँदीको मूल्य

नेपाल प्रफिट

२०८३ असार ७, ११:४७

अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६०० र चाँदी ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६९० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६४० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।