• Menu
s

बाजुराका ९ वटै स्थानीय तहको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष जोड

नेपाल प्रफिट

२०८३ असार ११, १३:२५

बाजुराका ९ वटै स्थानीय तहको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष जोड

बाजुरा । चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका  छन् ।

उक्त  निकायले  सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा  जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् ।

बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव  २०८३/८४ का लागि ५१ करोड ६९ लाख १९ हजारको  बजेट सभामा प्रस्तुत गरेकी छन् ।

बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३/८४ का लागि ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरिन् । त्रिवेणी नगरपालिकाले ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गरिन् ।

सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ १९ करोड ७७ लाख २८ हजार बजेट  जाहेर गरेकी हुन् ।

बुढीनन्दा नगरपालिकाले पनि ५७ करोड ६ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गरेका छन् ।  नगर उपप्रमुख रामबहादुर बोहराले  चालुतर्फ ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ १९ करोड, आठ लाख ४८ हजार विनियोजन गरेका हुन् ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरे । उनले  पुँजीगततर्फ १८ करोड एक हजार र चालुतर्फ २५ करोड ६८ लाख २१ हजार  प्रस्तुत गरेका हुन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गरेका छन् । जगन्नाथ गाउँपालिकाले ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको  छ ।

गाउँपालिकाले  चालुतर्फ २३ करोड ६८ लाख १० हजार ५००  र पुँजीगततर्फ १४ करोड ९४ लाख ९० हजार ५००  विनियोजन गरेको छ ।   खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३/८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेका छन्  ।

गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले  आव २०८३/८४ का लागि ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गरिन् ।  थापाले गाउँसभामा चालुतर्फ २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ ११ करोड ७१ लाख दुई हजारको  बजेट पेस गरेकी हुन् ।

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ ।