• Menu
s

सुनको मूल्य तोलामा १४ सयले घट्यो

नेपाल प्रफिट

२०८३ असार १५, ११:२९

सुनको मूल्य तोलामा १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३२५ रुपैयाँ रहेको थियो।

यससँगै आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले सस्तो भएको छ।