• Menu

सानिमा बैंकका ग्राहकलाई नयाँ सुविधा, भारतबाट नेपालमा तत्काल पैसा पठाउन सकिने

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १८:०६

सानिमा बैंकका ग्राहकलाई नयाँ सुविधा, भारतबाट नेपालमा तत्काल पैसा पठाउन सकिने

काठमाडौं । सानिमा बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा भारत-नेपालबीच तत्काल व्यक्ति-व्यक्ति (पी-टु-पी) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ सेवाअन्तर्गत भारत र नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण आदानप्रदान नगरी भर्चुअल भुक्तानी ठेगाना (भीपीए) तथा एकीकृत भुक्तानी परिचय (यूपीआई आईडी) प्रयोग गरेर रकम पठाउन र प्राप्त गर्न सक्नेछन्।

नेपालका प्रयोगकर्ताले भर्चुअल भुक्तानी ठेगानामार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतका प्रयोगकर्ताले एकीकृत भुक्तानी परिचय प्रयोग गरी भारत-नेपालबीच सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसबाट सीमापार भुक्तानी प्रक्रिया थप सरल, सुरक्षित र प्रभावकारी बन्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका अनुसार यो सेवा विशेषगरी विद्यार्थी, रोजगारी तथा व्यवसायका लागि आवतजावत गर्ने व्यक्ति, पर्यटक तथा भारत-नेपालबीच नियमित आर्थिक कारोबार गर्ने परिवारका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

सानिमा बैंकले हाल देशभरका सातै प्रदेशमा रहेका १३४ शाखा कार्यालय तथा १२७ स्वचालित नगद वितरण केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।