• Menu

बैतडीको पाटनमा बस सडकबाट १०० मिटर तल खस्यो, १७ जना घाइते

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १७:२०

बैतडीको पाटनमा बस सडकबाट १०० मिटर तल खस्यो, १७ जना घाइते

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो ३:३० बजे बैतडी पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको पहिचान हुन बाँकी रहेको उनले बताए ।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएका छन् । बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।