काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पौडेललाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेलको कार्यकाल पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन लाइफको सीईओमा सन् २०१८ जनवरी १४ मा सीईओ नियुक्त भएका हुन् । उनको आगामी कार्यकाल पुस ३० बाट सुरु हुनेछ भने अवधि चार वर्षको रहनेछ । पौडेल बिमा क्षेत्रमा स्वच्छ छवि भएका सीईओ मानिन्छन् ।
सीईओ पौडेलसँग बिमा तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र यूएसएबाट एफएलएमआई अध्ययन पूरा गरेका छन् ।