काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । रोयल्सले तेस्रो प्रयासमा एनपीएल उपाधि हात पारेको हो ।
अघिल्ला दुवै संस्करणमा फाइनलमा पुगेर पराजित भएको रोयल्सले यसपटक गत वर्षको विजेता लुम्बिनीलाई नै स्तब्ध पारेको छ । गत वर्षको हारको बदला लिँदै रोयल्सले आइतबार भएको फाइनल खेलमा लायन्सलाई १० विकेट पराजित गरेको हो ।
फाइनल खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिनाविकेट पूरा गरेको छ । एकपक्षीय बनेको खेलमा रोयल्सका लागि जर्ज मुन्सीले ५४ बलमा १२५ रनको विस्फोटक पारी खेले । उनलाई साथ दिएका अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लायन्सले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । पहिलो संस्करणमा रोयल्स जनकपुरसँग पराजित भएको थियो ।