काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागू हुने गरी उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई हाल बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् ।
उनको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ अजयविक्रम शाह छन् । उनले बैंकमा दुई कार्यकाल पूरा गरेका छन् ।