काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंकले बढेर दुई हजार ६४७ अंकमा पुगेको छ । मंगलबार पनि नेप्से १५.३९ अंकले बढेको थियो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकामा बुधबार बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
आज १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । त्यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ । अघिल्लो दिन भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै बढेको थियो ।
बुधबार बैंकिङ समूह ०.२४, वित्त ०.०७, जलविद्युत ०.८८, लगानी ०.४०, जीवन बिमा ०.५१, निर्जीवन बिमा ०.१०, अन्य ०.१२ तथा व्यापार समूह ०.५० प्रतिशतले बढेका छन् ।
त्यस्तै, लघुवित्त समूह ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशतले घटेका छन् ।
आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशतले बढेको छ । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९ र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ४.८० प्रतिशतले बढेको छ ।
यसैगरी, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ र कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशतले घटेको छ ।