काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी नक्कली मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-१ भण्डारे क्षेत्रबाट धादिङको सिद्धलेक गाउँपालिका-२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ३८४ किलो नक्कली मह बरामद गरेको जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा गुरुङले अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गर्दै आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।