काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से १७.१५ अंकले बढेको छ। यससँगै नेप्से परिसूचक २ हजार ५९१ अंकमा कायम भएको छ।
बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन सबै समूहगत सूचक हरियो देखिएका छन्। बैंकिङ समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन समूह ०.९० प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत र विकास बैंक समूह ०.६१ प्रतिशतले बढेका छन्।
त्यसैगरी, जीवन बिमा समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, व्यापार ०.३७ प्रतिशत, वित्त ०.३३ प्रतिशत र अन्य समूह ०.२८ प्रतिशतले बढेका छन्। निर्जीवन बिमा समूह ०.१८ प्रतिशत, लघुवित्त ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन्।
कुथेली बुखरीको मूल्य सबैभन्दा धेरै बढ्यो
शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशतले मूल्य बढेको छ।
यस दिन रिजलाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले मूल्य घटेको छ।
कुमारी बैंकको सबैभन्दा धेरै कारोबार
शुक्रबार कारोबार रकमका आधारमा कुमारी बैंक अगाडि रहेको छ। त्यसपछि घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावरका सेयरमा धेरै कारोबार भएको छ।